काठमाडौं - अर्थमन्त्री रामेश्वर खनालले कुटनीतिक राहदानी बुझाएका छन् ।

निर्वाचन सफलतापूर्वक सम्पन्न गरेपछि केही दिनमा अन्तरिम सरकारबाट बाहिरिँदै गरेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री समेत रहेका खनालले प्रक्रिया पुर्‍याएर सरकारलाई नै फिर्ता गरेका हुन् ।

'मलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको कुटनीतिक राहदानी नं म्ब्ण्ण्ण्द्दठज्ञण् को प्रयोजन समाप्त भएकाले परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता बुझिाइदिन राहदानी यसैसाथ संलग्न राखी अनुरोध गरेको छु,' अर्थमन्त्री खनालले अर्थमन्त्रायको प्रशासन शाखालाई पत्र लेख्दै भनेका छन् ।

सरकारले भीआईपीको सहजताका लागि कुटनीतिक राहदानी (रातो पासपोर्ट) उपलब्ध गराउँदै आएको छ ।

चुनावी सरकारमा अर्थमन्त्री भएपछि उनले कूटनीतिक राहदानी पाएका थिए।

यसअघि कतिपय अवस्थामा सरकारले उपलब्ध गराएको कुटनीतिक राहदानी समेत फिर्ता नगरी दुरुपयोग समेत हुने गरेको थियो।तर अर्थमन्त्री खनालले भने आफ्नो प्रयोजन सकिएका भन्दै राहदानी बुझाएका हुन् ।