काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसित भारतका विदेशसचिव हर्षवर्द्धन श्रृंगलाले शिष्टाचार भेट गरेका छन् ।

बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर श्रृंगलाले प्रधानमन्त्री ओलीसित भेट गरेका हुन्।

यसअघि, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसित उनले शिष्टाचार भेट गरेका हुन् ।

त्यसअघि, काठमाडौंमा नेपाल र भारतका परराष्ट्रसचिवस्तरीय बैठक सम्पन्न भएको थियो ।

परराष्ट्रसचिवस्तरीय बैठकका लागि भारतीय विदेशसचिव श्रृंगला बिहीबारै काठमाडौं आएका हुन् ।