भेरी अस्पतालमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु
खबर एक्सप्रेस
२०७८-०९-१५ १०:०२ मा प्रकाशित
Total Shares: 230
काठमाडौं,सुर्खेत - बाँकेको भेरी अस्पतालमा आगोका कारण निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
भेरी अस्पतालका कार्यालय सहयोगी धर्मराज भट्टराईसहित उनको परिवारका चार जनाको निसास्सिएर मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।
मृत्यु हुनेमा कालीकोटका खाडाचक्र घर भएका धर्मप्रसाद भट्टराई, उनका तीन महिनाका छोरा इक्सन, बहिनी कोली भट्टराई र सासु कोकिला छन् । घटनामा गम्भिर घाइते भएका धर्मकी पत्नी सुशीला भट्टराई तथा छोराहरु दिवस र नरेन्द्र भट्टराईको अहिले भेरी अस्पतालमै उपचार भइरहेको खत्रीले बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस