धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि अवतरण नगरी फर्कियो
खबर एक्सप्रेस
२०८०-०३-१६ ०८:०७ मा प्रकाशित
Total Shares: 128
काठमाडौं-प्राविधिक समस्याका कारण काठमाडौंबाट धनगढी उडानको श्री एयरलाइन्सको जहाज अवतरणा नगरी काठमाडौं नै फर्किएको छ । श्री २२५ उडान नम्बरको जहाज शनिबार अपरान्ह ३:३३ मा काठमाडौं विमानस्थलबाट उडेको थियो । हाइड्रोलिक फेल भएपछि जहाज काठमाडौं नै फिर्ता भएको हो ।
श्रीको जहाज अवतरणपछि काठमाडौं विमानस्थलको ट्याक्सी वेमा अड्किएको थियो। त्यसलाई तानेर पार्किङ वेमा लगिएको छ भने धावनमार्ग खाली भएको छ । पछिल्लो समय श्रीको जहाजमा बारम्बार समस्या आइरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस