संवैधानिक परिषद्को बैठक मंगलबार बस्ने
काठमाडौं - संवैधानिक परिषदको बैठक मंसिर ३० गतेसम्मका लागि स्थगित भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आजको लागि बोलाएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित नहुने भएपछि बैठक मंगलबार बिहान ९ बजे बस्ने भएको हो ।
संवैधानिक परिषद्मा प्रधानमन्त्रीको अध्यक्षतामा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहने व्यवस्था छ। उपसभामुख पद लामो समयदेखि रिक्त छ । बैठक बस्न परिषदका ६ सदस्यमध्ये कम्तीमा ५ जना उपस्थित हुनुपर्छ ।
संवैधानिक निकायहरुमा रिक्त रहेका पदाधिकारी नियुक्तिको एजेन्डामाथि छलफलका लागि बैठक बोलाइएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस