नेपालमा थप एक जनाको कोरोनाबाट मृत्यु, मृतकको संख्या २३ पुग्यो
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप एक जनाको कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ज्यान गुमाउनेमा गुल्मीका पुरुष रहेका छन् । करिब दुई हप्ताअघि भारतको मुम्बईबाट आई होम क्वारेन्टिनमा बसेका र बिहीबार राति मृत्यु भएका छत्रकोट गाउँपालिका वडा नम्बर-५ मैनडाँडा निवासी ६९ वर्षीय पुरूषमा कोरोना पोजेटिभ देखिएको हो ।
मृतका पुरुषको स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पठाइएको थियो र उनमा कोरोना संक्रमण पुष्टि भएको हो । जेठ २५ गते भारतबाट आएर उनी होम क्वारेन्टिनमा बसेका थिए । प्यारालाइसिसको समस्यासमेत देखिएको उनलाई क्वारेन्टिनमा बस्न नसक्ने भएपछि होम क्वारेन्टिनमा राखिएको थियो ।
उनको घरमै मृत्यु भएको र शव व्यवस्थापन भइसकेको बताइएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस