प्रतिनिधि सभा विघटनमा उपराष्ट्रपति पुनको असन्तुष्टि
काठमाडौं - उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको कदमप्रति घुमाउरो शैलीमा असन्तुष्टि व्यक्त गर्नभएकाे छ । तमु ल्होसार र उद्यौली पर्वका अवसरमा जारी शुभकामना सन्देशमार्फत् उपराष्ट्रपति पुनले प्रधानमन्त्री र राष्ट्रपतिको पछिल्लो कदमबाट संविधान उल्लंघन भएको संकेत गर्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
‘देशमा विकसित पछिल्ला दुःखद प्रकारको राजनीतिक तथा संवैधानिक घटनाक्रमले जनतामा नैराश्यता छाएको छ ।’ उपराष्ट्रपति पुनले भन्नुभएको छ, ‘जनतामा नैराश्यता आउनु देशका लागि दुःखद कुरा हो ।’ गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको रक्षाका लागि संविधानको पूर्ण पालन र संरक्षण अनिवार्य रहेको उनको भनाइ छ ।
‘संविधानको मर्म र भावनाको सम्मान गर्दै त्यसको पूर्ण पालन, संरक्षण, राजनीतिक स्थायित्व र देश विकासका लागि जनतामा नयाँ आशा जगाउन सबै पक्ष उत्तिकै जिम्मेवार भएर लाग्नुपर्दछ ।’ उनले भनेका छन्, उपलब्धीको रक्षार्थ जनताले पनि सचेततापूर्वक आफ्नो दायित्व पुरा गर्नुपर्दछ ।’

.gif)



फेसबुक पेज Like गर्नुहोस