काठमाडौं - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान गरेकी छन् ।

नेकपा एमालेको १५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भण्डारी शनिबार राति चीनतर्फ प्रस्थान गरेकी हुन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको निमन्त्रणमा, ‘नेपाल–चीन मित्रता प्रवर्द्धन उच्चस्तरीय भ्रमण कार्यक्रम–२०८२’ अन्तर्गत चीन प्रस्थान गरिएको बताइएको छ । भ्रमण दलमा एमाले विदेश विभाग प्रमुख रघुवीर महासेठ पनि छन् ।

भ्रमण टोलीमा महासेठसँगै स्थायी कमिटी सदस्य कर्ण थापा, सांसद देवी भट्टचन, पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव डा. भेषराज अधिकारीलगायत छन् । भण्डारी नेतृत्वको टोली चीनमा एक साता रहनेछ ।