काठमाडौं- आन्तरिक उत्पादनमा भ्याट नलगाउने सरकारको प्रष्टीकरणपछि आलु–प्याज व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् ।

यससँगै चार दिनदेखि ठप्प रहेको आलु–प्याजको कारोबार खुलेको हो । तर भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि बजारमा प्याजको अभाव छ ।प्याज नआएकाले आज मूल्य नै नतोकिएको कालीमाटी तरकारी तथा फलफूल विकास समितिले जनाएको छ ।

नेपालमा खपत हुने प्रायः सबै प्याज भारतबाट आउने गर्छ ।व्यवसायीको आन्दोलनका कारण चार दिनदेखि प्याज नआउँदा मौज्दात पनि नरहेकाले अभाव भएको हो ।

भारतबाट आउँदै गरेका केही गाडी प्याज एकदुई दिनमा आइपुगे पनि भारतले निर्यात नखोलेसम्म सहज नहुने बताइएको छ ।