राष्ट्रपति पदबाट हट्ने बित्तिकै ठुलो समस्यामा ट्रम्प पर्नसक्ने, जेल पनि जान सक्ने, कारण यस्तो
काठमाडौं, एजेन्सी - अमेरिकी राष्ट्रपति चुनावको नतिजा आइसकेको छ । जो वाइडेनले जनताको मन जित्दै राष्ट्रपति पदका लागि चुनिइ सकेका छन् । डोनाल्ड ट्रम्पलाई लागेको थियो कि दोस्रो कार्यकाल पनि उनको राज चल्नेछ । तर, जनता वाइडेनलाई समर्थन गरे । उनको यो हार महँगो पर्न सक्ने अधिकारीहरुले जनाएका छन् । उनले भारी समस्या आइ पर्ने बताइएको छ । राष्ट्रपति पदबाट हटेसँगै उनी जेल पनि जान सक्ने अनुमान गरिएको छ ।
बीबीसीको खबर अनुसार विशेषज्ञको दाबी छ कि उनको कार्यकालमा कथि घोटालाको जाँच चलेको थियो । उनी राष्ट्रपति पदबाट हटे पश्चात आपराधिक कारबाही अगाडि बढ्न सक्नेछ । उनको कठिन वित्तिय स्थितिको सामना गर्नुपर्ने विशेषज्ञहरुले बताएका छन् ।
पेस यूनिभर्सिटीमा कनस्टीच्यूशनल लका प्रोफेसर बेनेट गर्शम्यानले भनेका छन्, यस कुराको सम्भावना रहेको छ कि डोनाल्ड ट्रम्पले आपराधिक मुद्धा खेप्नुपर्नेछ ।
प्रोफेसर बेनेट गर्शम्यानले न्युर्योकमा एक दशकसम्म अभियोक्ताका रुपमा संवाद गरेका छन् । उनका अनुसार राष्ट्रपति ट्रम्पविरुद्ध बैँक फ्रड, मनी लन्ड्रिंग, चुनावीमा धोखाधडी जस्ता केशहरुको आरोप लाग्नसक्छ ।
मिडिया रिपोर्टका अनुसार उनलाई वित्तिय केशमा ठुलो समस्या झेल्नुपर्नेछ । न्युर्योक टाइम्सका अनुसार उनले आउने चार वर्षमा ३० हजार करोडभन्दा बढी ऋण तिनुपर्नेछ । उनको निजि सम्पत्तिको अवस्था पनि राम्रो रहेको छैन । उनलाई लिएर ऋण दिनेहरुले लगातार दबाब बनाइराख्न सक्ने अधिकारीहरुले बताएका छन् ।

.gif)




फेसबुक पेज Like गर्नुहोस