काठमाडौंमा आज यस वर्षको अहिलेसम्मकै चिसो
खबर एक्सप्रेस
२०८०-०९-०३ १०:०२ मा प्रकाशित
Total Shares: 147
काठमाडौं - काठमाडौं उपत्यकामा आज न्यूनतम तापक्रम यो वर्ष अहिलेसम्मकै कम मापन गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस मापन गरिएको हो ।
यो तापक्रम यस वर्ष अहिलेसम्मकै कम भएको महाशाखाले जनाएको छ । यसअघि गएको मंसिर २७ गते बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस मापन गरिएको थियो ।
फेसबुक पेज Like गर्नुहोस