एजेन्सी - अमेरिकाको क्यालिफोर्नियामा आयोजित एक पार्टीमा गोली चल्दा ६ घाइते भएका छन् । लकडाउन उल्लघंन गर्दै आयोजित उक्त पार्टीमा गोली चलेको हो ।

गोली लागेर घाइते भएका चार महिला, एक पुरुष र एक बालिकाको उपचार भइरहेको छ । उनीहरु खतरामुक्त भएको बिबिसीले जनाएको छ ।

गोली प्रहारको घटनामा संलग्‍न कसैको पनि पहिचान हुन सकेको छैन । घटनाको अनुसन्धान भइरहेको जनाइएको छ ।

क्यालिफोर्नियाका गर्भनर जाभिन न्युसोमले अत्यावश्यकबाहेक घरबाहिर ननिस्किन सर्वसाधारणलाई निर्देशन दिएका छन् । फार्मेसी, पेट्रोप पम्प र अत्यावश्यक खाद्यान्‍नका पसलहरुमात्रै खुला हुने उनले बताएका थिए ।

चार करोड जनता रहेको क्यालिफोर्नियमा अहिलेसम्म कोरोनाको संक्रमणबाट २१ हजारभन्दा बढी कोरोना संक्रमित छन् भने ६५१ जनाको मृत्यु भइसकेको छ ।