समस्याग्रस्त पाँच सहकारीका ठूला ऋणीको नामावली सार्वजनिक, तत्काल ऋण चुक्ता गर्न आग्रह
काठमाडौं - बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच वटा समस्याग्रस्त सहकारी संस्थाका ठूला ऋणीहरूको नामावली सार्वजनिक गरेको छ ।
उपलब्ध ऋणीहरूको विवरणका आधारमा समितिको शुक्रबारको निर्णयअनुसार कुल ११४ जना ठूला ऋणीहरूको नाम सार्वजनिक गरिएको हो ।
सार्वजनिक भएका उक्त ऋणीहरू लालीगुराँस सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड, दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका रहेका छन् ।
सार्वजनिक विवरणअनुसार लालीगुराँस सहकारीका १३, सुमेरुका ३१, नेशनल नमोबुद्धका ११, दर्शन सहकारीका ५४ र सिभिल सहकारीका ५ जना ऋणी रहेका छन् ।
समितिले सम्बन्धित ऋणीहरूलाई ती सहकारी संस्थाबाट लिएको ऋण तत्काल चुक्ता गर्न भनेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस