आज समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री बालेन
खबर एक्सप्रेस
२ घण्टा अगाडि
Total Shares: 23
काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने समानुपातिकतर्फका सांसदहरूसँग अन्तरक्रिया गर्दै छन् ।
मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल हुन लागेको हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रधानमन्त्री बालेनले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलका समानुपातिकतर्फका सांसदहरूसँग अन्तरक्रिया गर्नेछन् ।
बालेनले यसअघि प्रत्यक्षतर्फ निर्वाचित सांसदहरूसँग प्रदेशगत रूपमा अन्तरक्रिया गरेका थिए ।
जनप्रतिनिधि र कार्यपालिकाबीच प्रत्यक्ष संवाद स्थापित गरी नीति निर्माण तथा कार्यान्वयनलाई थप प्रभावकारी बनाउन यो अन्तरक्रिया गर्न लागिएको बताइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस