मनमोहन अधिकारीले राष्ट्रलाई केन्द्रमा राखेर काम गर्नुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी
खबर एक्सप्रेस
२०८२-०१-१३ १२:२१ मा प्रकाशित
Total Shares: 79
काठमाडौं - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको निष्ठा, त्याग र जीवनशैलीबाट हामी सबैले सिक्नुपर्ने बताएकी छन् । साथै, उनले नेता अधिकारीले राष्ट्रलाई केन्द्रमा राखेर काम गरेको स्मरण गरिन् ।
२६औँ मनमोहन स्मति दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले सच्चा साम्यवादीका रुपमा नेता अधिकारीले अवलम्बन गरेको मार्गलाई तत्कालीन प्रधानमन्त्री अधिकारीको कार्यकालमा देशको विकास तल्लो तहको विकासबाट मात्र सम्भव हुने वास्तविकतालाई मनन गरी ‘आफ्नो गाउँ आफै बनाउँ’ अवधारणा अघि सारेर उनले राष्ट्रलाई केन्द्रमा राखेर काम गरेको पूर्वराष्ट्रपति भण्डारीले बताइन् ।
फेसबुक पेज Like गर्नुहोस