म्याग्दीमा महावीर पुन दोब्बरभन्दा बढी मतले अघि
खबर एक्सप्रेस
८ घण्टा अगाडि
Total Shares: 45
म्याग्दी - म्याग्दी निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनले मतान्तर बढाउँदै अग्रता कायम राखेका छन् ।
धवलागिरि गाउँपालिका र मालिका गाउँपालिकाका ४ वडासम्मको मतगणना गर्दा महावीर पुनले ३ हजार ७ सय ४० मत पाएर फराकिलो अग्रता कायम राखेका हुन् ।
उक्त क्षेत्रमा एमालेका हरिकृष्ण श्रेष्ठले १ हजार ५ सय २८ मत ल्याएका छन ।
यस्तै नेकपाका अर्जुन थापाले १ हजार ३ सय २० र काँग्रेसका कर्णबहादुर भण्डारीले १ हजार २ सय ८७ मत पाएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस