ओलीले बोलाए एमाले सचिवालय बैठक
खबर एक्सप्रेस
२०८२-०६-११ ०३:५८ मा प्रकाशित
Total Shares: 123
काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका छन्। बैठक आइतबार दिउँसो १ बजे भक्तपुरको गुन्डुस्थित ओली निवासमै बस्ने गरि बोलाइएको हो।
जेनजी आन्दोलनका कारण सरकारबाट बाहिरिन बाध्य भएका ओलीले बोलाएको यो पहिलो बैठक हो। बैठकमा आगामी रणनीतिबारे छलफल हुने छ।
जेनजी प्रदर्शनका क्रममा पार्टी कार्यालय आगजनी र तोडफोड भएको थियो ।
अध्यक्ष ओलीको बालकोटस्थित निवासमा पनि आगजनी भएपछि उनी अहिले गुण्डुमा बस्दै आएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस