काठमाडौं - पूर्वी चितवनको राप्ती नगरपालिका ३ की सुजिता भण्डारीले ‘प्रेमी’ले विवाह गर्न अस्वीकार गरेपछि आत्महत्या गरेको खुलेको छ । आफ्नै ठुलोबावुको छोरासँग प्रेममा रहेकी सुजिताले विवाह गर्न नपाएपछि आत्महत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो।

प्रहरीले शुक्रबार पत्रकार सम्मलेन गरी झापाको झापा गाउँपालिका-६ का २३ वर्षीय सचिन भन्ने सुकदेव भण्डारीलाई सार्वजनिक गरेको छ । सचिन सुजिताका काकाका छोरा हुन्। उमेर र नाताले उनीहरु दाजुबहिनी पर्छन् ।   

लामो समयदेखिको एकअर्काको आकर्षणपछि सुजिताले सकुदेवलाई विवाहको लागि दबाब दिएकी थिइन् । सुजिताले असारको ९ गते सुकदेवसँग विवाहको प्रस्ताव गरेकी थिइन् । सुकदेवले नमानेपछि दुईजनाबीच विवाद भएको थियो । 

सुजिताले विवाह नगरे मर्ने धम्की दिएकी थिइन् । विवादपछि दुई जनाबीच सम्पर्क नभएको प्रहरीको भनाइ छ । 

समाजिक तथा नैतिक कठिनाइका कारण सकेसम्म विदेश जाने योजना बनाएका थिए । संभव नभए एकआपसमा अपहरणको बाहना बनाइ कसैले थाहा नपाउने ठाँउमा गएर बस्ने योजना बनाएको अनुसन्धानबाट खुलेको छ । सुकदेवलाई काठमाडौंबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । 

गत असार २० गते ब्रह्मास्थान सामुदायिक वनको भीरमा सुजिताको शव भेटिएको थियो । सुजिता असार ११ गते साथीको घरमा जान्छु भनेर हिँडेकी थिइन् ।