संखुवासभा - संखुवासभाको च्याम्ताङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार राति १ः३१ बजे ४.० रेक्टर स्केलको भूकम्प मापन गरिएको हो।

भूकम्पको केन्द्रबिन्दु च्याम्ताङ आसपास रहेको जनाइएको छ । भूकम्पबाट भएको क्षतिबारे तत्काल कुनै जानकारी प्राप्त भएको छैन ।

भूकम्पको धक्का संखुवासभासहित आसपासका क्षेत्रमा समेत महसुस गरिएको थियो ।