मुस्ताङ - प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ ।

मुस्ताङका नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचनले विजयी हासिल गर्दै कांग्रेसका तर्फबाट खाता खोलेका हुन् ।

प्रतिनिधि सभा सदस्यको निर्वाचनअन्र्तगत शुक्रबार सम्पन्न अन्तिम मतगणनामा उनले नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टलाई १ हजार ५०१ मतान्तरले पराजित गरेका छन् ।

उनले ३ हजार ३०७ मत ल्याउँदा इन्द्रधाराले १ हजार ८०६ मत प्राप्त गरेका छन् ।

यसैगरी, तेस्रो स्थानमा रहेका रास्वपा उम्मेदवार अद्धितीय चन्द्र थकालीले ७५९ मत प्राप्त गरेका छन् । जिल्लामा ५६ प्रतिशत मत खसेको थियो ।

गौचन यसअघि पनि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाटै  निर्वाचित भएका थिए । 

त्यसबेला उनले ३ हजार ९ सय ९६ मत ल्याउँदा एमालेका प्रेम प्रसाद तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका थिए ।