भारत नेपालको वर्तमान संविधान र व्यवस्थाको पक्षमा छ : भाजपा नेता चौथाइवाले
काठमाडौं - नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा)को विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले भारत नेपालको वर्तमान संविधान र व्यवस्थाको पक्षमा रहेको बताएका छन् ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तसँग शुक्रबार भएको भेटमा डा.चौथाइवालेले यस्तो बताएका हुन् ।
नेपालमा राजतन्त्र फर्काउने अभियानमा भारतको कुनै समर्थन नरहेको उनले बताएका थिए ।
माओवादी उपमहासचिव पुनको सचिवालयले भनेको छ ,‘भारतीय जनता पार्टीका विदेश विभाग प्रमुखसँगको भेट सौहार्दपूर्ण रह्यो । नेपालमा राजावादी मुभमेन्टमा भारतको कुनै समर्थन र सम्बन्ध नरहेको उहाँले बताउनुभयो । भेटमा भारतीय जनता पार्टी र माओवादी केन्द्रको बीचको सम्बन्ध अझ सुदृढ बनाउनुपर्ने चर्चा पनि भएको थियो । दुई पार्टीबीचको सम्बन्ध विगतमा पनि राम्रो छ, आगामी दिनमा अझ सुमधुर बनाएर लैजानुपर्छ भन्ने छलफल भएको छ ।’

.gif)



फेसबुक पेज Like गर्नुहोस