श्रीलंकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान
एजेन्सी - श्रीलङ्कामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान भइरहेको छ ।
त्यहाँ सन् २०२२ मा भएको आन्दोलनपछि नयाँ राष्ट्रपति चुन्न आज मतदान भएको हो ।
राष्ट्रपतिको प्रतिस्पर्धामा वर्तमान कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेसहित नेशनल पिपुल्स पावर (एनपीपी) का अध्यक्ष अनुरा कुमारा दिसानायके, विपक्षी नेता सजित प्रेमदासा, पूर्वराष्ट्रपति महिन्दा राजापाक्षका छोरा नमललगायत प्रतिपर्धामा रहेका छन् ।
यो मतदानलाई आर्थिक सुधारको जनमत संग्रहको रूपमा लिइएको बताइएको छ । यसअघि सन् २०१९ को नोभेम्बरमा भएको राष्ट्रपति चुनावमा गोटाबाया राजापाक्षे विजयी भएका थिए । तर २०२२ मा सबैभन्दा खराब आर्थिक सङ्कटका कारण चर्को आन्दोलन भएपछि राजापाक्षेले देश छोडेका थिए ।
फेसबुक पेज Like गर्नुहोस