बेलायती प्रधानमन्त्री जोनसन ‘डिस्चार्ज’
खबर एक्सप्रेस
२०७६-१२-३० ०६:४४ मा प्रकाशित
Total Shares: 1387
एजेन्सी - बेलायती प्रधानमन्त्री बोरिस जोनसन अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना संक्रमणका कारण एक साताअघि उनी अस्पताल भर्ना भएका थिए।
लन्डनस्थित सेन्ट टमस अस्पतालमा उनको उपचार भएको थियो। स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उनलाई केही दिन आईसीयूमा समेत राखिएको थियो।
अहिले स्वास्थ्य अवस्थामा सुधार भएपछि उनी अस्पतालबाट निस्केको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यद्यपि उनी तत्कालै काममा नफर्किने बताइएको छ।
फेसबुक पेज Like गर्नुहोस