दाङ- दाङ–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्य विजयी भएका छन् । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई २८ हजार २७५ मतान्तरले हराउँदै आचार्य विजयी भएका हुन् ।

कुल ८२ हजार ६ मतमध्ये सहमहामन्त्री विपिनले ४३ हजार ५५७ सय मत हजार मत प्राप्त गरेका छन् । उनका उनका निकटतम प्रतिद्वन्द्वी एमालेका महासचिव पोखरेलले १५ हजार २८२ मत ल्याए ।

त्यस्तै अर्का प्रतिष्पर्धी कांग्रेसका किरणकिशोर घिमिरेले ११ हजार २७७ र नेपाली कम्युनिष्ट पार्टीका निर्मलकुमार आचार्यले ७ हजार ८१ मत प्राप्त गरेका छन् ।