राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस
खबर एक्सप्रेस
२०७७-०९-२६ ०१:३१ मा प्रकाशित
Total Shares: 402
काठमाडौं - राष्ट्रिय सभाको जारी हिउँदे अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको स्रोतले जानकारी दिएको छ । मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार बस्ने भएपनि प्रधानमन्त्री केही शर्मा ओलीले आज आकस्मिक बैठक डाकेका थिए ।
यस्तै, प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै छन् । प्रतिनिधिसभा विघटनपछि पुस १७ गतेबाट राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरू भएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस