काठमाडौं - जेनजी आन्दोलनका घटनाबारे छानिबन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको  जाँचबुझ आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजी मुभमेन्ट अलायन्स, नेपाल जेनजी फ्रन्ट र जेनजी सिभिक फोरमले माइतीघरमा प्रदर्शन गरेका छन्।

सरकारले घटनाको छानबिन गर्न आयोग गठन गरे पनि लामो समयसम्म प्रतिवेदन लुकाएर राखेको भन्दै उनीहरूले माइतीघर मण्डलामा आँखामा कालोपट्टी बाँधेर विरोध जनाएका हुन् ।