काश्मिरका पृथकतावादी नेता मलिकलाई जन्मकैद,आतंकवादी कार्यमा संलग्न रहेकाे अभियोग
खबर एक्सप्रेस
२०७९-०२-१२ ०८:०६ मा प्रकाशित
Total Shares: 513
काठमाडौं, एजेन्सी - भारतको एक अदालतले काश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ ।
आतंकवादलाई आर्थिक सहयोग गरेको अभियोगमा राजाधानी नयाँ दिल्लीस्थित अदालतले ५६ वर्षीय मलिकलाई जन्मकैदको सजाय सुनाएको हो । उनीमाथि आतंकवादी कार्य र आपराधिक षड्यन्त्रमा संलग्न रहेको तथा आर्थिक सहयोग गरेको अभियोग लागेको छ ।
मलिकले सन् १९९० को दशकमा हतियार त्यागेको अदालतलाई बताए । उनलाई गत हप्ता दोषी ठहर गरिएको थियो ।मुस्लिम बाहुल्य कश्मीरमा सन् १९८९ मा भारतको शासनविरुद्ध सशस्त्र विद्रोह सुरु भएयता दशौं हजार मानिस मारिएका छन् ।
फेसबुक पेज Like गर्नुहोस