काठमाडौं - प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक जारी छ । केहिबेर अघिबाट बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेरलगायतका नेताहरु सहभागी छन् । तर, सभामुख अग्नी सापकोटा भने सहभागी छैनन् ।

सभामुख सापकोटा समन्वयनको अभाव र पर्याप्त गृहकार्य नभएको भन्दै बैठकमा सहभागि नभएको सापकोटा निकट श्रोतले जनतापाटीलाई बतायो ।

यसअघि मंसिर २८ गते बोलाएको परिषद् बैठक पनि गणपुरक संख्या नपुगेर स्थगित भएको थियो ।