तीव्र गतिको हावाका कारण सगरमाथा आरोहण प्रभावित
काठमाडौं - प्रतिकूल मौसमका कारण आज सगरमाथा, कञ्चनजङ्घलगायत हिमालको आरोहण प्रभावित भएको छ ।
पर्यटन विभागका अनुसार, सगरमाथामा तीव्र गतिको हावाका कारण आरोहण प्रभावित भएको हो ।
आरोहणको तयारीमा रहेका धेरै सङ्ख्याका आरोही अहिले सुरक्षित स्थलतर्फ फर्किँदै छन् ।
अक्सिजन पर्याप्त भएका आरोही भने दोस्रो र तेस्रो शिविरमा अनुकूल मौसमको प्रतीक्षामा छन् ।
मौसमका कारण मे १५ तारिखमा आरोहण गर्ने योजना रद्द भएको छ । सम्भवतः मे १४ तारिखको आरोहण योजना पनि रद्द हुनेछ । उक्त मितिमा सगरमाथाको चुचुरोमा पुग्ने योजना बनाएका आरोही आधार शिविर झरिरहेको विभागले जनाएको छ ।
मौसमका कारण आज सगरमाथाको आरोहण हुननसकेकाले चौँथो शिविर पुगेका आरोही भोलि मंगलबारसम्म सबैजना आधार शिविरमा पुग्न पर्यटन विभागले अनुरोध गरेको छ ।
मौसम खराबीका कारण अबको तीन,चार दिन सगरमाथा आरोहण नहुने जनाइएको छ। मौसमले साथ दिए मे १८ तारिखदेखि सगरमाथा आरोहण हुने विभागले उल्लेख गरेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस