महानगरीय ट्राफिक प्रहरी महाशाखाका थप १७ जना संक्रमण पुष्टि
खबर एक्सप्रेस
२०७७-०५-०४ ०१:३० मा प्रकाशित
Total Shares: 495
काठमाडौं - महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत १७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको बताइएको छ । यसअघि पनि महाशाखाका दुई जनालाई संक्रमण देखिएको थियो ।
नेपालमा पछिल्लो समय संक्रमितको संख्या ह्वात्तै बढेको छ । काठमाडाैं उपत्यकामा बुधबारराती १२ बजेदेखी १ साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।
फेसबुक पेज Like गर्नुहोस