माओवादीको मध्यपहाडी अभियान कर्णाली प्रवेश
खबर एक्सप्रेस
२०८२-०२-०५ ०९:५९ मा प्रकाशित
Total Shares: 38
काठमाडौं - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुदूरपश्चिम सकिएपछि कर्णाली प्रदेशमा प्रवेश गरेको छ ।
बैतडीको पाटनमा उद्घाटन कार्यक्रममा कम्युनिस्ट पार्टीको झण्डा र नेपालको राष्ट्रिय झण्डा फहराइएको थियो ।
उक्त झण्डा सुदूरपश्चिम इञ्चार्ज गिरिराजमणि पोखरेल नेतृत्वको टिमले कर्णाली प्रदेशका इञ्चार्ज कालीबहादुर मल्ल नेतृत्वमा रहेको टिमलाई हस्तान्तरण गरेको छ ।
कर्णाली प्रदेशका माओवादी नेताहरूले अध्यक्ष प्रचण्डसहितको टोलीलाई भव्य स्वागत गरेका छन् ।
फेसबुक पेज Like गर्नुहोस