बारामा स्कुलका प्रिन्सिपलमाथि गोली प्रहार
खबर एक्सप्रेस
२०८०-०७-१३ ०३:०१ मा प्रकाशित
Total Shares: 106
काठमाडौं-बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफमाथि गोली प्रहार भएको छ ।
बारा प्रहरीका अनुसार सोमबार दिउँसो करिब १ बजे अज्ञात समूहले सर्राफमाथि गोली प्रहार गरेको हो । गोली लागेर घाइते भएका सर्राफलाई बीरगञ्जस्थित वयोधा अस्पतालमा लगिएको छ ।
गोली चलाउने व्यक्तिको खोजी सुरु भएको प्रहरीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस