काठमाडौं - सर्वोच्च अदालतले सामाजिक सञ्जालको 'नो नट अगेन' समूहलाई बन्देज लगाउनुको कारण पेश गर्न अल्पकालीन आदेश जारी गरेको छ ।

सर्वोच्चले निर्णय खारेजीको अन्तरिम आदेशको माग गर्दै अधिवक्ता अनिल आचार्यले दायर गरेको रिटमा सुनुवाइ गर्दै आज आयोगको नाममा अल्पकालीन आदेश जारी गरेको हो ।

न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले रिटमा अन्तरिम आदेश जारी हुनु पर्ने या नपर्नेबारे छलफलका लागि आयोगलाई सर्वोच्च बोलाएको छ । आयोगको निर्णयविरुद्ध आचार्यले कात्तिक १४ गते दायर गरेका थिए ।