इरानसँगको युद्धमा १४० अमेरिकी सैनिक घाइते
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 6
एजेन्सी - इरानसँग जारी युद्धका क्रममा करिब १४० अमेरिकी सैनिक घाइते भएका छन् ।
अमेरिकाको रक्षा मन्त्रालय ‘पेन्टागन’ले दिएको जानकारी अनुसार घाइते सैनिकमध्ये अधिकांशलाई सामान्य चोट लागेको र १०८ सैनिक उपचारपछि पुनः काममा फर्किसकेका छन् ।
यद्यपि, आठ अमेरिकी सैनिक गम्भीर रूपमा घाइते भएको र उनीहरूको उपचार भइरहेको पेन्टागनका प्रवक्ता सीन पार्नेलले इमेलमार्फत जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
इरानसँग सुरु भएको ११ दिनको युद्धपछि अमेरिकी सैनिकहरूलाई भएको क्षतिबारे यो पहिलो विस्तृत जानकारी सार्वजनिक भएको हो ।्

.gif)



फेसबुक पेज Like गर्नुहोस