काठमाडौं - गृहमन्त्री सुधन गुरुङले दरबार हत्याकाण्डको फाइल खोल्ने निर्णय गरेका छन्। दोस्रोपटक गृहमन्त्रीको जिम्मेवारी सम्हालेका गुरुङले २०५८ सालको दरबार हत्याकण्डको फाइल पुनः खोल्ने निर्णय गरेको आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

त्यस्तै जेनजी आन्दोलनमा फौजदारी अभियोग लगाइएकाहरूको हकमा मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्ने निर्णय पनि गृहमन्त्री गुरुङले गरेका छन्। 

त्यस्तै केन्द्रीय अनुसन्धान ब्युरोलाई अझै बलियो बनाउने, छानबिनमा रहेका अनुसन्धान प्रकियालाई टुंगो लगाउने र हरेक फाइल खोल्ने निर्णय गरेको उनको भनाइ छ।