काठमाडौं - फेसबुकले आफ्ना कर्मचारीलाई एक हजार डलर बोनस दिने घोषणा गरेको छ।

कोरोना भाइरस संक्रमणको बेला घरबाटै काम गरेर सघाएकोमा फेसबुकले कर्मचारीलाई बोनस स्वरुप एक हजार डलर दिने घोषणा गरेको हो।

फेसबुकले टाढा बसेर घरमै कार्यालय सञ्चालन गरी काम गरेकोले कर्मचारीलाई बोनस दिन लागेको जनाएको छ।   

फेसबुकका कार्यकारी प्रमुख मार्क जुकरवर्गले आन्तरिक रुपमा जारी गरेको परिपत्र उल्लेख गदै अन्तर्राष्ट्रिय सञ्चारमाध्यले लेखेका छन्।  फेसबुकमा कार्यरत कर्मचारीको संख्या करिब ४५ हजार छ।

बोनस पूर्णकालीन कर्मचारीलाई मात्रै उपलब्ध गराइनेछ फेसबुकले जनाएको छ।   सन् २०१८ मा फेसबुकको प्रतिव्यक्ति औसत वार्षिक तलब दुई लाख २८ हजार ६५१ रहेको थियो।

फेसबुकका सञ्चालन प्रमुख शेरिल सैन्डवर्गले कोरोना भाइरसको संक्रमणले प्रभावित भएको सानो बजेटमा सञ्चालन गरिएको ब्यापारलाई उकास्न दश करोड डलर खर्च गर्ने जनाएका छन। उक्त अनुदान ३० देशमा खर्च गरिने उनले बताए।