पूर्वसभामुख महराकी श्रीमतीको कोरोना संक्रमणबाट निधन
खबर एक्सप्रेस
२०७७-०७-१९ ११:०५ मा प्रकाशित
Total Shares: 293
काठमाडौं - पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको कोरोना संक्रमणबाट निधन भएको छ ।
पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएकी सीताको काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान ६ः२५ बजे निधन भएको बताइएको छ ।
उनलाई स्वास्थ्यमा समस्या देखिएपछि गत कात्तिक १३ गते दाङको गोर्खा अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएपछि उनलाई गत शुक्रबार दाङबाट हेलिकोप्टरमार्फत काठमाडौं ल्याई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।
उनी माइस्थेनियाबाट विगत १० वर्षदेखि पीडित थिइन् ।
१५ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भैरहेको उनको आज निधन भएको हो । उनका दुई छोरा र दुई छोरी छन्।

.gif)




फेसबुक पेज Like गर्नुहोस