बाढी पहिरोले सिन्धुपाल्चोकमा निर्माणाधीन लिपिङ खोला हाइड्रोपावरमा क्षति
सिन्धुपाल्चोक - बाढी पहिरोले सिन्धुपाल्चोकमा निर्माणधीन लिपिङ खोला हाइड्रोपावर परियोजनामा ठुलो क्षति पुर्याएको छ । सिन्धुपाल्चोक जिल्लामा निर्माणाधीन १६.२६ मेगावाटको लिपिङ खोला हाइड्रोपावर परियोजना कार्य बाढीको कारण अहिले ठप्प छ । विगतमा झैं सिन्धुपाल्चोकमा अहिले पनि बाढी र पहिरोको जोखिम उत्तिकै छ ।
विगत ३ दिनदेखि परेको अविरल वर्षाको कारण सिन्धुपाल्चोक जिल्लाको विभिन्न स्थानमा पहिरो गई आवतजावत बन्द भएको छ । बाढी पहिरोको बढी जोखिममा भने हाईड्रो पावर कम्पनीहरु छन् ।
लिपिङ खोलामा निर्माणाधीन १६।२६ मेगावाटको लिपिङ खोला हाइडोपावर परियोजनाको हेडवर्क कार्य बाढिले बगाएको र पूनः निर्माण गर्नुपर्ने भएको आयोजना प्रमुख बम बहादुर थापाले बताए । त्यसैगरी पहिरोले पेनस्टक पाइप निर्माण कार्य बन्द गरेको आयोजना प्रमुख थापाको भनाई छ ।
बाढी पहिरोको कारण चीनको सिमानामा रहेको तातोपानी तथा लिपिङ्ग बजार पुग्ने सडक बन्द भएको छ । केही स्थानमा स्काभेटर लगायत सवारी साधनहरु समेत बाढीले बगाएको छ निर्माणाधीन अन्य हाइड्रोपावरको कार्य समेत प्रभावित भएका छन्। सरकारले तातोपानीसम्म पुग्ने बाटोको पहिरो हटाउनेतर्फ ध्यान नदिएको स्थानीयहरुको भनाइ छ सिन्धुपाल्चोकले बाढी पहिरोबाट बर्सेनि ठुलै क्षती व्यहोर्दै आएको छ ।
हेर्नुस् फोटो
फेसबुक पेज Like गर्नुहोस