धनुषा–१ का रास्वपा उम्मेदवार साहको नाम कालोसूचीमा नराख्न आदेश
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 33
काठमाडौं - सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धनुषा निर्वाचन क्षेत्र नम्बर १ का उमेदवार किशोरी साह कमलको नाम कालोसूचीमा नराख्न कर्जा सूचना केन्द्रको नाममा अन्तरिम आदेश दिएको छ ।
सर्वोच्चले बिहीबार अन्तरिम आदेश दिएको हो । कर्जा सूचना केन्द्रले कालोसूचीमा नाम राखेका कारण साहको उम्मेदवारी खारेज भएको थियो ।
त्यसपछि साहले सर्वोच्च अदालतका रिट दिएका थिए । सर्वोच्चका न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले कालोसूचीबाट नाम हटाउन अन्तरिम आदेश जारी गरेको हो ।
सर्वोच्चले कालोसूचीबाट हटाउन अन्तरिम आदेश दिएसँगै साहको उम्मेदवारी कायम रहने भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस