बालेन शाहले काठमाडौंबाट गरे मतदान
खबर एक्सप्रेस
२०८२-११-२१ ०८:११ मा प्रकाशित
Total Shares: 66
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले काठमाडौँबाट मतदान गरेका छन् ।
झापा–५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका भए पनि उनको मतदाता नामावली काठमाडौँमै रहेकाले उनले राजधानीबाटै मत खसालेका हुन् ।
उनले सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट केहीबेरअघि मतदान गरेको उनको सचिवालयले जनाएको छ।
मतदान सम्पन्न गरेलगत्तै शाह हवाइ मार्ग हुँदै झापा–५ प्रस्थान गर्ने कार्यक्रम रहेको बताइएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस