नेपाल दोस्रो जितको खोजीमा
काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (शुक्रबार) घरेलु टोली केन्यासँग दोस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेल्दैछ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुने उक्त खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।
घरेलु टोलीविरुद्ध मैदान उत्रदा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । हिजो बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । पाँच खेलको सिरिजमा नेपाल १–० ले अघि रहेको छ । अर्कोतर्फ केन्याको रणनिती पहिलो खेलमा व्यहोरेको हारको बदला लिने रहेको छ ।
नेपालले केन्याविरुद्ध भदौ १२ गते तेस्रो खेल खेल्नेछ । त्यस्तै दुई टोलीबीच चौंथो टी–ट्वान्टी भदौ १३ गते र पाँचौ तथा अन्तिम टी–ट्वान्टी भदौ १४ गते हुनेछ ।
टी–ट्वान्टी सिरिजपछि नेपालले केन्यासँग एकदिवसीय सिरिज खेल्नेछ । पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुने कार्यतालिका छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस