काठमाडौं, एजेन्सी - इन्डोनेशियामा पछिल्लो २४ घण्टाको अवधिमा थप ४९ हजार ५०५ जना नयाँ संक्रमित थपिएका छन् । 

यस्तै उक्त अवधिमा कोरोनाबाट १४ सय ४९ जनाको मृत्यु भएको छ । हालसम्म ३० लाख ३३ हजार ३३९ जनामा कोरोना संक्रमण हुँदा त्यसमध्ये ४४ लाख ९२ हजार ९२३ संक्रमित निको भएका छन् । 

कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ हजार ३२ रहेको छ । ५ लाख ६१ हजार ३८४ सक्रिय संक्रमित रहेका छन् ।