काठमाडौं - नेकपा एमालेले प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै समय मागेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बैठक सञ्चालन गर्ने बित्तिकै एमालेका सांसदहरु उठेर समय मागेका हुन्।

त्यसपछि सभामुख केसीले गुरु बराललाई सम्बोधन गर्न समय दिएका छन्। एमालेले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गैरकानुनीरुपमा पक्राउ गरेको भन्दै आपत्ति जनाएको।