राष्ट्रपति भण्डारीसँग अष्ट्रेलियाली राजदूतको बिदाइ भेट
खबर एक्सप्रेस
२०७७-०६-१२ ०४:५० मा प्रकाशित
Total Shares: 280
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बुडले शिष्टाचार बिदाइ भेट गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटमा राष्ट्रपतिले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा अष्ट्रेलियाली राजदूतलाई बधाई दिँदै भविष्यमा दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिए ।
फेसबुक पेज Like गर्नुहोस