जाजरकोट भूकम्प : मर्नेको संख्या १५४ पुग्यो, रुकुम पश्चिममा मात्रै ६२ जना
खबर एक्सप्रेस
२०८०-०७-१८ ०९:४३ मा प्रकाशित
Total Shares: 115
काठमाडौं - शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या १५४ पुगेको छ ।
पछिल्लो पटक प्राप्त जानकारी अनुसार जाजरकोटमा ९२ र रुकुम पश्चिममा ६२ जनाको मृत्यु भएको हो । घाइतेको संख्या डेढ सयभन्दा माथि पुगिसकेको छ।
भूकम्पमा परी गम्भीर घाइते भएका रुकुमपश्चिमका तीन जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो । गएराति ११ बजेर ४७ मिनेटमा ६.४ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
फेसबुक पेज Like गर्नुहोस