आन्दोलन निरन्तर रहन्छ, थप सशक्त रूपमा प्रस्तुत हुन्छौँ : अध्यक्ष लिङ्देन
खबर एक्सप्रेस
२०८२-०१-०७ ०७:१५ मा प्रकाशित
Total Shares: 81
काठमाडौं - राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरूको आन्दोलन निरन्तर रहने बताएका छन् । आइतबार साँझ रिहा भएपछि उनले यस्तो बताएका हुन् ।
रिहा भएपछि उनले यस्तो बताएका हुन् । ‘आन्दोलन निरन्तर रहन्छ,’ उनले भने, ‘भोलिका दिनबाट थप सशक्त रूपमा प्रस्तुत हुन्छौँ। भोलिबारे भोलि नै भन्छौँ।’
निषेधित क्षेत्रमा प्लेकार्ड प्रदर्शन गरेपछि प्रहरीले लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाहीसहितलाई नियन्त्रणमा लिएको थियो ।
फेसबुक पेज Like गर्नुहोस