सुर्खेत - कर्णालीमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै संक्रमितको संख्या २ सय ७८ पुगेको छ ।

प्रदेश अस्पताल, पशुपन्छि रोग अन्वेषण प्रयोगशाला, सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला गरिएको परिक्षण संक्रमण देखिएको हो ।

संक्रमितमध्ये सल्यानका २, दैलेखका ७ र कालिकोटका ७ जना रहेको डा. लक्ष्मिनारायण तिवारीले जानकारी दिए । संक्रमितमध्ये एक जना महिला छिन् । 

No photo description available.