काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफुले पदबाट राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु रहेको बताएका छन् । बुधबार मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफुमाथि व्यापक जनसमर्थन रहेको समेत दावी गरे । “मलाई हटाउन बाहिर तयारी गर्दैछन् भन्ने सुनिन्छ । केही पनि हुने वाला छैन । मेरा करले होइन, जनताको आवश्यकता र समर्थनले आएको हो । यहाँ पुगेको व्यापक जनसमर्थनबाट हो,” उनले भने ।

उनले बाहिर सञ्चारमाध्यममा छाएको जस्तो स्थिति नआएको पनि बताए । उनले भने, “बाहिर सञ्चारमाध्यममा हल्ला फैलिइसक्छ राजीनामा दिन पस्यो भनेर, अहिले मैले राजीनामा दिन मिल्छ ? मेरो लागि होइन, मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो । त्यसैले मैले राजीनामा दिन्न ।”

पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शिर्षनेताहरुबीच असमझदारी बढिरहेको छ ।