काठमाडौं - विभिन्न प्रकारका दाल, सिमी, चना, केराउ, राजमा, भटमास, मेथीलगायत गेडागुडीलाई मिसाएर तरकारीका रुपमा प्रयोग गरिन्छ । यसमा अत्यधिक मात्रामा प्रोटिन र फाइबर पाइन्छ । टुसा उमारेका गेडागुडीलाई पकाउँदा अझै उत्तम हुन्छ । 

– गेडागुडीमा अत्यधिक प्रोटिन हुन्छ, मासुमा भन्दा पनि बढी । तर, यसमा भएका सबै प्रोटिन शरीरले सोस्न सक्दैन । तर, टुसाएर गेडागुडी प्रयोग गर्दा शरीरले भएका सबै प्रोटिन सोस्न सक्छ । 

– नभिजाएको गेडागुडीले एन्टिन्युट्रिसन फ्याक्टर जस्तै – आइरन, जिंक, म्याग्नेसियम, क्याल्सियमलगायत तत्वलाई सोस्न दिँदैन । यदि भिजाएर वा टुसा उमार्दा त्यसरी शरीरलाई सोस्न नदिने तत्व पानीमा घुलेर जान्छ । 

– गेडागुडी टुसाउँदा यसमा प्रोटिन, फाइबर, मिलरल र भिटामिनको मात्रा बढेर जान्छ ।