काठमाडौं - सत्ता गठबन्धनको बैठक आज बस्ने भएको छ ।  प्रधानमन्त्रीको निवास बालुवाटारमा बैठक सोमबार बिहान बस्ने भएको हो ।  

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवार छान्नका लागि छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको जनाइएको छ ।आगामी फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रिय सभाका २० सांसदको पद रिक्त हुँदैछ । जसमा प्रतिपक्षी नेकपा एमालेबाट आठजना, नेकपा माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, नेपाली काँग्रेसबाट तीन र मनोनीत एकजना सांसद  छन् । 

केही समय यता सत्ता गठबन्धनको बैठक बस्न सकेको थिएन । यसअघि मंसिर ४ गते सत्ता गठबन्धनका दलसहित संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदीय बैठक बसेको थियो । तर उक्त छलफलमा प्रमुख प्रतिपक्षी एमाले भने अनुपस्थित रहेको थियो ।